अफ्रिकाबाट यसरी काठमाडौँ ल्याइएको थियो एक अर्ब दुई करोडको हेरोइन

काठमाडौँ, २ असार । अफ्रिकाबाट काठमाडौँलाई ट्रान्जिट बनाएर भारत लैजानका खोजिएको ५१ किलो हेरोइन बरामद भएको छ ।
प्रहरीले एक साता लामो अपरेशन चलाएर करिब एक अर्ब २ करोड बराबरको हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल क्षेत्रबाट बरामद गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ ।
हेरोइन ७ जना महिलाहरुले दक्षिण अफ्रिकाबाट ल्याएका हुन् । हेरोइन बोक्नेहरू ६ जना दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका हुन् ।
एकजना ३७ वर्षीया दक्षिण अफ्रिकन महिला मोरोएसपी सुजान कोफुचाहिँ जेठ ३१ मा कतारको दोहाबाट काठमाडौँ आएकी थिइन् ।
सात वटा सुटकेशमा विशेष तरिकाले लुकाएर हेरोइन ल्याइएको थियो । जसमा संलग्न ७ जना दक्षिण अफ्रिकन महिलाहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा, साबालाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरिन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्सस्ट छन् ।
प्रहरीले ६ जनालाई विमानस्थलबाट ओर्लनेबित्तिकै पक्राउ गरेको थियो भने एक जनाचाहिँ रिसोर्टमा फेला परिन् । उनी हुन् २९ वर्षीया महलाको मौरिन माथिबा । जेठ २६ मा काठमाडौं आएकी मौरिनले ७ किलो हेरोइन भएको सुटकेश ल्याएकी थिइन् ।
सिन्धुपाल्चोकस्थित सुकुटे बिच रिसोर्टमा नेपाली साथीसँग घुम्न गएकी उनलाई ब्यूरोको टोलीले पिछा गरेर ठमेलबाट पक्राउ गरेको हो ।
हेरोइनसहित पक्राउ पर्ने ति महिलाहरु दक्षिण अफ्रिकामा सामान डेलिभरी गरेर गुजारा चलाउने बयान दिएका छन् ।
एकजनाले आफु कुक भएको प्रहरीसँग भनेकी छन् । साबालाला, रोसिन्हा र मौरिनलाई दक्षिण अफ्रिकाबाट एउटै व्यक्तिले हेरोइन पठाएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।
सीबीसी थान्डेकिले र मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा जेठ २९ मा सँगै काठमाडौं आएका हुन् । उनीहरुको साथबाट प्रहरीले १६ किलो हेरोइन बरामद गरेको छ । उनीहरुको बीचमा पूर्व चिनजान थियो । साबालाला, रोसिन्हा र मौरिनको बीचमा पनि पूर्व चिनजान थियो । उनीहरुबाहेक अरु पूर्व परिचित होइनन् । मुरिएल फेब्रुअरी र मार्चमा दुईपटक काठमाडौं आएको उनको ट्राभल हिस्ट्री रेकर्डबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ । अरु ६ जना पहिलोपटक काठमाडौं आएका हुन् ।
बरामद हेरोइन कारोबारीहरुले भारत पठाउन लागेको अनुसन्धानबाट थाहा खुलेको ब्यूरोका एसपी श्रेष्ठले जनाए । उनले भने– ‘नेपालमा हेरोइनको ठुलो बजार छैन, त्यसैले सो सामान भारत लैजान लागेको अनुसन्धानबाट थाहा भएको छ ।’
२०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो ।
अहिले बरामद गरिएको हेरोइन कारोबारीसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग कनेक्सन देखिएको छ ।
ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो ।
‘विगतको ट्रेन्ड पनि भारतमा लाने गरेको देखिन्छ’ प्रहरी उपरिक्षक जीवन श्रेष्ठ भन्छन्, ‘अहिले पनि भारत लैजाने तयारी रहेको अनुसन्धानबाट थाहा भएको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक अर्ब दुई करोडको हेरोइन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्