Techie IT
सोमबार, जेठ ६,२०८२

साताको दुई दिन विदा खारेज भएसँगै आजदेखि कार्यालय समय र बिदा पुरानै कायम


काठमाडौं, १ असार । सरकारले दिएको दुई दिन सार्वजनिक विदा खारेज भएपछि आजदेखि कार्यालय समय र बिदा पुरानै कायम भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै दुई दिन विदा खारेज भएको र कार्यालय समय र विदा पुरानै कायम भएको जनाएको हो ।

सरकारले जेठ १ गतेदेखि हप्तमा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिर्ने निर्णय कार्यान्वयन गरेको थियो । तर सरकारी निकायहरुले नै नमानेपछि सरकार आफ्नो निर्णयबाट एक महिना नभइ पछि हटेको हो ।

यससँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुई दिन विदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:11 am6:49 pm +0545