Techie IT
शुक्रबार, जेठ १०,२०८२

गैरसांसदसहित एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज


जेठ । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी)ले सिफारिस गरेका एक जना गैरसांसदसहित नयाँ मन्त्रीहरुको सपथ आज हुने भएको छ ।

पार्टीमा भागबन्डा मिलाउनका लागि एकीकृत समाजवादीले हिजो आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् ।

अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।

नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रममन्त्री प्रस्ताव गरिएका शेरबहादुर कुँवर गैरसांसद हुन् । यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द प्रसाद कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैरसांसद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunderstorm
5:09 am6:51 pm +0545