Techie IT
सोमबार, वैशाख २२,२०८२

विमान दुर्घटनामा मृत्युभएका २२ जनाकै शव भेटियो, १२ शव आजै काठमाडौं ल्याउने


काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्य र १९ यात्री सवार थिए । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको एनएईटी विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि परिवारलाई बुझाइनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545