लमजुङमा ट्रिपर दुर्घटना चारजनाको मृत्यू
लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो ।
सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोही ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् ।
त्यसैगरी अन्य मृतक मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्