Techie IT
शुक्रबार, जेठ १०,२०८२

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट धम्की दिएर ७ करोड माग्ने सातजना पक्राउ


काठमाडौँ, १३ जेठ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट धम्की दिएर सात करोड माग्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर सात करोड माग गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयुपरको त्रियुगा–१० का २१ वर्षीय सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोट सान्नित्रिवेणी–८का २९ वर्षीय टेक बिक, कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना–७ का २९ वर्षीय धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेपलाञ्चोक तेमाल–२ का ३३ वर्षीय उमेश भण्डारी छन् ।

यसैगरी, हाल रातोपुल बस्ने धुरकोट–२ की २९ वर्षीया वसन्ता खनाल, सिनामंगल बस्ने गल्मीका ३२ वर्षीय सुरज शर्मा र सिनामंगल बस्ने काठमाडौं–९ का ३३ वर्षीय श्रवण कार्की पक्राउ परेका हुन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सातजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:09 am6:51 pm +0545