Techie IT
आईतबार, जेठ ५,२०८२

मूल्य वृद्धिविरुद्ध एमालेले संसदमा दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदमा मूल्य वृद्धिविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र त्यसले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभाव पारेको उल्लेख गर्दै प्रस्ताव दर्ता गरिएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडी समर्थक रहेर तत्काल संसद्मा छलफल गर्न माग गर्दै सो प्रस्ताव दर्ता भएको हो ।

सरकारले भर्खरै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक महत्वको प्रस्ताव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:11 am6:48 pm +0545