संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री लाई सभामुखको निर्देशन
काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।
बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो ।
तर, बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए ।
यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितिको विरोध जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #अग्निप्रसाद सापकोटा, #जनार्दन शर्मा, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्