Techie IT
बिहीबार, जेठ २,२०८२

पोखरा महानगरमा गठबन्धन २ सय १३ मतले अगाडि


पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन् । एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ सय १३ मतान्तर बनाएका छन् ।

उनले ३ हजार ६ सय ६२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ३ हजार ४ सय ४९ मत पाएका छन् । मेयरमा राप्रपाका शंकर खरालले ३ सय ८१ तथा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ सय १८ मत ल्याएका छन् ।

उपमेयरमा भने एमाले उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मन्जु गुरुङले ३ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसकी कोपीला रानाभाटले ३ हजार ६ सय ६७ मत पाइन् । यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भइसकेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:13 am6:46 pm +0545