Techie IT
बिहीबार, जेठ २,२०८२

जुम्लाको गज्याङकोटमा १ जेठमा पुनः मतदान हुने


जुम्ला । जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुनः मतदान हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो ।

गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545