विप्लव नेतृत्व नेकपाका नेता धर्मेन्द्र र सुदर्शन पार्टीबाट निष्कासन (विज्ञप्तिसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पार्टीबाट पदमुक्त गरेको छ ।
बुधबार कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।
पार्टीको ऐतिहासिक बाह्रौँ पूर्ण बैठकले राजनीतिक प्रस्तावसहित सबै निर्णय एकमतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरिका बुझाइलाई केन्द्रीत र एकरूप बनाएदिएको थियो ।
तर, सचिवालय सदस्य सुदर्शन र कञ्चनले जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विप्लव समूहको आरोप छ ।
काठमाडौंमा सचिवालय सदस्यहरूबीच दुई पटक बसेको बैठकले पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय भएको जनाएको छ । तर, निर्णय बाहिर नपुग्दै दुवैले सञ्चारमाध्यममा फुटपरस्त एवं अराजक अन्तर्वार्ता दिएको विप्लवको दाबी छ ।
सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने, नभए कारबाही गर्ने जस्ता गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य दिएको विप्लवको आरोप छ । कारबाहीमा परेका दुवैले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्