Techie IT
बुधबार, जेठ १,२०८२

कांग्रेसका प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित


काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।

उनलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545