Techie IT
सोमबार, वैशाख २२,२०८२

४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति


काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।

‘अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन्, आफ्नो नामावली भएको स्थानमा उनीहरुले पर्यवेक्षण गर्न पाउने छैनन्,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breasing, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545