गठबन्धनका नाममा क्षेत्रीय सभापतिहरुको अधिकार जिल्ला सभापतिलाई दिइएको भन्दै कांग्रेसमा तिब्र आलोचना

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न मिति चैत्र २९ गते कांग्रेस केन्द्रिय समितिको बैठको सर्कुलर आएपछि यतिबेला क्षेत्रीय सभापतिहरुले विद्रोह गरेका छन ।
कांग्रेसको बिधानले वडा सदस्य तथा वडा अध्यक्षको टुङ्गको लगाउने अधिकार क्षेत्रलाई दिएको छ तर कांग्रेसको चैत्र ३० गतेको परिपत्रले क्षेत्रीय सभापतिहरुको अधिकारी जिल्ला सभापतिलाई दिएपछि कांग्रेसभित्र यसको खुलेर विद्रोह सुरु भएको छ ।
तालमेलबारे केन्द्रले निर्णय लाद्न खोजे विद्रोह हुने भन्दै तल्लो तप्काबाट नेताहरुले शीर्ष नेतृत्वको ध्यानकर्षण गराइरहेको क्षेत्रीय सभापतिहरुको भनाई छ ।
शीर्ष नेतृत्वको यो निर्णय अहिले कांग्रेस नेताहरुका निल्नु न ओकल्नु बनेको स्रोतले जनाएको छ । केन्द्र र तल्लो तहबीच द्वन्द्व सुरु भएको छ ।
शीर्ष नेतृत्वलेनै बिधान मिचेर गठबन्धनका नाममा क्षेत्रीय सभापतिहरुलाई भूमिका बिहिन बनाइएको भन्दै शीर्ष नेतृत्वको ध्यानकर्षण गराइरहेको क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीको भनाई छ ।
नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको वडा सदस्य तथा अध्यक्षको टिकट नगर कमिटिले सिफारिस गर्ने र जिल्लाले टुङ्गाउने भएको हुँदा गठबन्धनलाई सहज बनाउन क्षेत्रीय सभापतिहरुको भूमिका खोसेर जिल्लालाई दिएको कांग्रेस नेतृत्वको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #क्षेत्रीय सभापतिहरुलाई भूमिका खोसेर जिल्लालाई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्