Techie IT
आईतबार, जेठ ५,२०८२

तारकेश्वर र टोखामा गठबन्धनबाट मोओवादी र समाजबादी दुबैको मेयर दाबी , तल्लो तहमा कांग्रेसको विद्रोह


तारकेश्वर र टोखामा गठबन्धनबाट मोओवादी र समाजबादी दुबैको मेयरको जोडदार दाबी गरेपछि तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक पटक पटक विना निष्कर्ष टुंगिएको छ ।

२०७४ सालको स्थानिय चुनावमा थोरौमतले पराजय भएको कांग्रेसको जनमतको खिल्ली उडाउदै गठबन्धनका नाममा दुवै मेयरको जोडदार दाबी गरेपछि पटक पटक विना निष्कर्ष टुंगिएको एक कांग्रेस नेताले साझा पाना अनलाइनलाई बताए ।

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न तयार भए पनि प्रमुख सत्ता घटक कांग्रेसभित्र यसको खुलेर विरोध सुरु भएको छ । तालमेलबारे केन्द्रले निर्णय लाद्न खोजे विद्रोह हुने भन्दै तल्लो तप्काबाट नेताहरुले शीर्ष नेतृत्वको ध्यानकर्षण गराइरहेको उनको भनाई छ ।

शीर्ष नेतृत्वको यो निर्णय अहिले कांग्रेस नेताहरुका निल्नु न ओकल्नु बनेको स्रोतले जनाएको छ । केन्द्र र तल्लो तहबीच द्वन्द्व सुरु भएको छ । क्रमशः आफ्नो पकड भएको सबै स्थानीय तहमा कांग्रेस तालमेलको विपक्षमा देखिएको छ ।

एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।

स्थानीय निर्वाचन २०७४ मा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित बुढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी–मनोहरा र टोखा नगरपालिकाको प्रमुख जितेको थियो । नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीतिर लागेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर र टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:11 am6:48 pm +0545