Techie IT
बिहीबार, जेठ ९,२०८२

ललितपुरको मेयरमा एमालेबाट व्यञ्जनकार बने सर्वसम्मत उम्मेदवार


काठमाडौं, २७ चैत । नेकपा (एमाले)बाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

हिजो शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले व्यञ्जनकारलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाको दाबी परेकाले टुंगो लाग्न बाँकी छ । उपमेयरमा आस्था शाक्य ‘मञ्जली’ र सरस्वती खड्काको दाबी प्रस्तुत भएको छ ।

सर्वसम्मत उम्मेदवार चयन भएका व्यञ्जनकार गत निर्वाचनमा सोही महानगरको मेयर पदमा नेपाली काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ मतको झिनो अन्तरले पराजित भएका थिए ।

व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् ।

facebook sharing button

क्याटेगोरी : समाचार
ट्याग : #hot, #ललितपुरको मेयरमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:09 am6:50 pm +0545