उम्मेदवार छान्न नेकपा एमालेले बनायो यस्ता ६ मापदण्ड

चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तयार गरेको छ ।
पार्टीको सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने गुरुङले जनाएका छन् ।
त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।
पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड तय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।
त्यस्तै, एमालेले आगामी वैशाख ९ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ ।
त्यस्तै, स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ ।
पार्टीको चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेले बनायो यस्ता ६ मापदण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्