Techie IT
बुधबार, जेठ ८,२०८२

रूसले गर्‍यो युक्रेनमा अस्थायी युद्धविरामको घोषणा


युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनका दुई शहर मरियुपोल र भोल्नोभाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हो ।

यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो । अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउने रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।

मरिपोल र भोल्नोभाखामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रूस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:10 am6:50 pm +0545