Techie IT
आईतबार, जेठ ५,२०८२

प्रचण्डले एमसीसी पास गर्ने निर्णय लिएपछि माओवादी नेताले गरे पार्टी परित्यागको घोषणा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने निर्णय लिएपछि एकजना माओवादी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले पार्टी परित्याग गरेर एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

माओवादी परित्याग गर्दै बोहोराले फेसबुमा लेखेका छन्– ‘प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषणा रजानकारी गर्दछु’ ।

माओवादी छाडेको घोषणासहित उनी आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी हुँदै एमालेमा प्रवेश गरेका छन् ।

बोहोरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरे ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणाको समर्थन गर्दै संसदबाट अनुमोदन गर्ने निर्णय गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमसीसी पास गर्ने निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:11 am6:48 pm +0545