Techie IT
बुधबार, जेठ ८,२०८२

एमसीसीको विरोधमा ८ वटा राजनैतिक संगठनहरुको संयुक्त रुपमा प्रदर्शन


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसीको विरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Drizzle
5:10 am6:50 pm +0545