एमालेका जनसंगठनको विधान संशोधन प्रस्ताव, अब १७ पदाधिकारी र बढीमा २ सय ९९ केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेका जनसंगठनमा अब पदाधिकारी १७ जना र केन्द्रीय सदस्य बढीमा २ सय ९९ जना हुने भएका छन् । हाल भइरहेको कमिटीहरु भद्धा भएकोले तिनको आकार घटाउँदै वडा तहसम्म संगठन भएका संगठनहरु २ सय ९९ सदस्यीय र पेशागत संगठनहरु १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
जनसंगठन संयन्त्रको शनिबार बसेको बैठकले सवै जनसंगठनमा समान पदाधिकारी रहने ब्यवस्थासहित कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित गरेर पार्टीमा पठाउने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार जनसंगठनहरुलाई दुई तहमा वर्गीकरण गर्दै २ सय ९९ र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय पनि गरेको छ । वडा तहसम्म सांगठानिक संरचना भएका राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ, खेलकुद महासंघ, जनजाति महासंघसहित ९ वटा जनसंगठनको केन्द्रीय कमिटी बढीमा २ सय ९९ सदस्यीय रहने व्यवस्था गरिएको हो । यस्तै प्रेस चौतारी नेपालसहित पेशागत संगठनको केन्द्रीय कमिटीको आकार बढीमा १ सय ५१ सदस्यीय रहने प्रस्ताव गरिएको छ ।
बैठकबाट पारित निर्णयअनुसार अव जनसंगठनले बरिष्ठ उपाध्यक्ष राख्न नपाउने भएका छन । निर्णयअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य गरिएको छ भने दुई उपाध्यक्षमा एकजना महिला अनिवार्य गरिएको छ । यस्तै बढीमा दुई उपमहासचिव र बाँकी सचिव रहने गरी विधान संशोधन गरी आगामी महाधिवेशनबाट कार्यान्वयन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
संयन्त्रको यो निर्णयलाई स्थायी कमिटीको बैठकबाट अनुमोदन गराएसँगै २२ वटै जनसंगठनले अनिवार्य रुपमा आफ्नो विधान संशोधन गरी लागू गर्नुपर्नेछ ।
जनसंगठनका पदाधिकारी पार्टीका प्रदेश सदस्य सरह
संयन्त्रले जनसंगठनमा काम गर्ने पार्टी सदस्यहरुको मर्यादाक्रमसमेत निर्धारण गरेको छ ।
संयन्त्रबाट पारित निर्णयअनुसार जनसंगठनका केन्द्रीय कमिटीका पदाधिकारी पार्टी प्रदेश कमिटीका सदस्य सरहको हैसियतमा रहने छन भने केन्द्रीय कमिटी सदस्य र प्रदेशका पदाधिकारी जिल्ला कमिटी सदस्य सरहको हैसियतमा रहने छन् । पार्टीमा हुने कुनै पनि तहको निर्वाचनमा यही हैसियतमा उम्मेदवार बन्न पाउने व्यवस्था पनि सम्बन्धित जनसंगठनको काममा पारित मस्यौदामा गरिएको छ । संयन्त्रले अव एकै ब्यक्ति दुई ओटा जनसंगठनमा रहन नपाउने व्यवस्था पनि गरेको छ भने पार्टीको कुनै पनि तहको कार्यकारी भूमिकामा रहेका ब्यक्ति जनसंगठनको पदाधिकारी हुन नपाउने व्यवस्था गरेको छ ।
जनसंगठनलाई व्यवस्थित बनाउन संयन्त्रको यसअघिको बैठकले संयोजक ढकालकै नेतृत्वमा कार्यदल बनाएको थियो । जस्को सदस्यमा सहसंयोजक रचना खड्कासहित पोलिटब्युरो सदस्यहरुमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरुङ, माधव ढुंगेल र विष्णु रिजाल रहनुभएको थियो ।
पार्टीका पदाधिकारी जनसंगठनको पदाधिकारी हुन नपाउने
सहसंयोजक रचना खड्काका अनुसार अब केन्द्रीय कमिटीका पदाधिकारीसहित प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी जनसंगठनको पदाधिकारी हुन नपाउने व्यवस्था गरिएको छ । एकै व्यक्ति दुई वटा भूमिकामा रहँदा पार्टी काम प्रभावित भएको विगतको अनुभवका आधारमा यस्तो व्यवस्था गरिएको कार्यदलका नेताहरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेका जनसंगठन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्