९ जिल्लाका सिडिओको सरुवा, को कहाँ?

गृहमन्त्रालयले बुधबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सुर्खेत, झापा, बागलुङ, बझाङ, बाजुरा, ओखलढुंगा, इलाम। दार्चुला, रुकुम पश्चिम लगायतका जिल्लाका प्रजिअ हेरफेर भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ ।
झापामा सरुवा हुने योजनामा गृहमा हतार हतार सरुवा भएका र गृहमन्त्रीले समेत आश्वासन दिएका महानगरपालिकाको भवन ठेक्का अनियमिततामा मुछिएका राजेश्वर ज्ञवालीको मिसन पूरा हुन सकेन ।
सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाल, बझाङमा बाबुराम अर्याललाई खटाएको छ । उपेन्द्र पौडेललाई बाजुराको सीडीओमा पठाइएको छ । उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए ।
त्यसैगरी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ ।
ओखलढुङ्गाको प्रजिअमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिडिओको सरुवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्