एमाले काठमाण्डौ जिल्ला अधिवेसनको प्रतिनिधि छनौटका लागी के के छन मापदण्ड ?

काठमाडौं, पौष १६।
नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसनको प्रतिनिधि छनौट पौष २० गते हुने भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको जिल्ला सचिवालयको बैठकले आगामी पौष २३ र २४ गते हुने जिल्ला अधिवेसनको तयारी तथा प्रतिनिधि छनौट मापदण्डका वारेमा विभिन्न निर्णयहरु गरेको छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ , केन्द्रीय सदस्य तथा सह इन्चार्जहरु नारायण सिलवाल ,रुप नारायण श्रेष्ठ ,विद्या सुन्दर शाक्य र सरिता न्यौपानेको उपस्थितिमा भएको बैठकले प्रतिनिधि छनौट मापदण्डका वारेमा छलफल गर्नुका साथै पौष १९ गते स्थानीय कमिटीहरुको सहकार्यमा अधिवेसन स्थल मुलपानी क्रिकेट मैदानमा सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिएका छन ।
पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको प्रतिनिधि छनौट समितिको बैठकले सचिवालय बैठकमा पेस गरि पारित गरिएको मापदण्ड निम्नानुसार छ :
१. एक देखि ७४ जना संगठित सदस्य भएको शाखा – एक जना
२. ७५ देखि १५० जना संगठित सदस्य भएको शाखा – एक महिला सहित एक खुल्ला
३.१५१ देखि माथि – एक महिला र दुई खुल्ला ( प्रत्येक सय सदस्यमा एक थप )
४. सल्लाहकार – १५ प्रतिनिधि
५. विभाग – २० जना प्रतिनिधि
६. काठमाण्डौ महानगर कमिटी – २ महिला र ३ खुल्ला ( पाँच जना )
७. नगर कमिटी – एक महिला सहित दुई खुल्ला ( तिन जना )
८. निर्वाचन क्षेत्र – १०० दलित सद्स्त भएमा १ जना ( त्यो भन्दा बढी १ महिला सहित )
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले काठमाण्डौ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्