एमाले काठमाण्डौ मूल व्यवस्थापन समितीको बैठक : अधिवेसनको लोगो सार्वजनिक

काठमाण्डौ ।नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनको लोगो सार्वजनिक गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा आयोजना गरिएको मूल व्यवस्थापन समितीको बैठकमा सो लोगो सार्वजनिक गरिएको हो।
काठमाण्डौ जिल्लाका १३८ वडा र ११ नगरका पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकमा नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको मूल व्यवस्थापन समितीको बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा. राजन भट्टराई,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल,केन्द्रीय कमिटी सदस्यहरु नारायण सिलवाल ,विद्या सुन्दर शाक्य ,रुप नारायण श्रेष्ठ ,शान्ति अधिकारी ,सरिता न्यौपाने , बागमती प्रदेस कमिटी उपसचिव रत्ना गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला कमिटीका सचिव दीपक निरौलाले गरेका थिए।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्