Techie IT
शनिबार, जेठ ११,२०८२

एमाले काठमाण्डौ : जिल्ला अधिवेसनको पूर्व तयारीका लागि मूल व्यवस्थापन समितिको बैठक

नगर , वडा कमिटका १००० भन्दा बढी सहभागी हुने


काठमाडौं । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको छैटौ जिल्ला अधिवेसनको पूर्व तयारी अनुरुप मूल व्यवस्थापन समितीको बैठक आयोजना गर्ने निर्णय गरेको छ।

जिल्ला कमिटी सचिवालयको बैठकको निणर्य अनुसार अधिवेसन तयारीका लागि विभिन्न उपसमितिहरु निर्माण गर्दै मूल व्यवस्थापन समितीको बैठक आयोजना गर्ने निर्णय भएको सचिव दिपक निरौलाले बताए ।

सचिव दिपक निरौलाका अनुसार मुलपानी क्रिकेट मैदानमा पुस ८ गते ११ बजेबाट शुरु हुने मूल व्यवस्थापन समितिको बैठकलाई नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले प्रशिक्षणात्मक संबोधन गर्नेछन।

काठमाण्डौ जिल्ला कमिटीका सदस्यहरु ११ नगर कमिटी र १३८ वडा वडाका स्थानीय कमिटीहरुका पदाधिकारीहरु सहित एक हजार भन्दा बढी स्थानीय कमिटीका जिम्मेवार नेताहरु सहभागी हुनेछन ।

पुस २३ गते हुने सो जिल्ला अधिवेसनको उद्घाटन शत्रको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने बताउदै  जिल्ला सचिव दीपक निरौलाले सो अधिवेसनको बन्द शत्र पुस २४ गते रास्ट्रीय सभा गृहमा गर्ने तयारी गरिएको जानकारी दिएका छन।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाण्डौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545