नाडा कार्यसमितिमा चौधरी प्यानलको वर्चश्व

सिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् ।
फोर्स मोटर नेपालका प्रमुख थापाले अटो व्यवसायी करण चौधरीलाई पराजित गर्दै जित हासिल गरेका हुन् । शुक्रबार बिहान घोषित परिणाम अनुसार थापाले १ हजार ४१३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी चौधरीले १ हजार ३४७ मत पाएका छन् ।
अध्यक्षमा थापाको जित भए पनि कार्यसमितिमा चौधरी प्यानलको वर्चश्व देखिएको छ । चुनावमा थापा र चौधरीले प्यानलनै बनाएर निर्वाचन प्रतिस्पर्धा गरेका थिए । चौधरी पराजित भए पनि १७ सदस्यीय पदाधिकारीमा चौधरी प्यानलका १२ जना विजयी हुँदा थापा प्यानलका ५ जना मात्रै विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ध्रुब थापा
अध्यक्ष थापा पक्षका निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् भने चौधरी प्यानलका राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी भएका छन् ।
नाडाको ४५औं साधारणासभा बुधबार अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नाडा कार्यसमिति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्