Techie IT
मंगलबार, जेठ ७,२०८२

मुस्ताङमा हिम पहिरोका कारण ११ घाइते


काठमाडौं, २८ कात्तिक । मुस्ताङमा भयानक हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीका अनुसार आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्ने क्रममा ११ जना सामान्य घाइते जनाएका छन् ।

हिम पहिरो गएको स्थान धेरै टाढा भएकोले प्रहरी नपुगेको जनाइएको छ ।

हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ ।

हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए ।

सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिम पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:10 am6:49 pm +0545