Techie IT
मंगलबार, जेठ ७,२०८२

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी गर्ने


कात्तिक । सत्तापक्षीय पाँच दलीय गठबन्धनले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार, संयुक्त चुनावी गठबन्धनका लागि ११ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । समितिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका तर्फबाट माधव नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र जनमोर्चाबाट चित्रबहादुर केसी र सांसद दुर्गा पौडेल रहेका छन् । समन्वय समितिको पहिलो बैठकको नेतृत्व भने रामचन्द्र पौडेलले गर्ने बुझिएको छ ।

सरकारलाई सघाउन गठित समितिमा प्रत्येक दलबाट दुई दुई जना सदस्य रहने र सरकारको तर्फबाट प्रवक्ता कार्की रहने जनाईएको छ। समन्वय समितिले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई धक्का दिने गरी तयारी गर्ने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:10 am6:49 pm +0545