लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

रुपन्देही, २४ असोज । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषद विस्तार लगत्तै मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री रहेका छन् ।
त्यस्तै, दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्यामन्त्री, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।
त्यसैगरी, रिना नेपाल विकले पर्यटन ग्रामिण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले उर्जा जलस्रोत तथा सिंचाई, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा सपथ लिएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लुम्बिनीमा मन्त्रिपरिषद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्