Techie IT
शनिबार, जेठ ४,२०८२

गठबन्धनको बैठक निष्कर्षविहीन, मन्त्रालय भागवण्डामा चर्को बिवाद


सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद विस्तारबारे मिलाउन बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । मन्त्रालय भागबण्डामा चर्को बिवाद भएको छ ।

विहानैदेखि छलफल भएपनि नेताहरुबीच कुनै पनि सहमति हुन नसकेको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी रहेका थिए ।

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि बैठक असोज २२ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो ।

बैठकमा एमालेको अवरोधका बाबजुद सरकारले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेका थिए ।

एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेकोमा संसद अवरुद्ध गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धनको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:12 am6:48 pm +0545