Techie IT
शनिबार, जेठ ४,२०८२

नयॉ किरण समूहको सीमा बिवादबारे विचार गोष्ठी सम्पन्न


काठमाडौ । टोखाको नयॉ किरण समूहको आयोजनामा “ नयॉ सरकारको कुटनीतिक अभिमुखिकरण सम्भाव्य विश्लेषण “ नामक विचार गोष्ठी सम्पन्न भएको छ।

बागबजारको हार्दीक होटलमा आयोजीत सो कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ , त्रिविविका प्राध्यापक राजेन्द्र प्रसाद चापागाई ,पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतका वक्तmाहरुले नेपालका बिभिन्न सीमामा देखिएका समस्या तथा समाधाका बारेमा चर्चा गरेका थिए ।

 

सोही अवसरमा वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल चीन सीमास्तम्भ नम्बर ११ बालुवाले पुरिएको अवस्थामा भेटिएको र अब त्यसकै आधारमा सीमा नमिचिएको प्रमाणित भएको बताए ।

हुम्लाको लिमी लाप्चा देखि हिल्सा सम्मको सीमा क्षेत्रको स्थलगत अध्ययन गर्दा यसअघि हराइरहेको सीमास्तम्भ भेटिएको उनी बताउछन ।
विगतमा नेपाल र चीनबीच भएको सीमा सन्धीले पानी ढलोका आधारमा सीमा स्तम्भहरू कायम गरेको र त्यसैका आधारमा पनि विवाद हल गर्न सकिने उनको भनाई छ ।

उत्तरतर्फ भन्दा दक्षीण तर्फका सीमाहरुमा बढी समस्या रहेको बताउदै आपसी सहमति र संवादबाट विवाद हल गर्न सकीने सीमाविद श्रेष्ठको भनाइृ छ ।

गोष्ठीमा त्रिविविका प्राध्यापक राजेन्द्र प्रसाद चापागाईले नेपाल राजनीतिक रुपमा स्थापित भएको भारतले देख्न नचाहाने बताए । भारतले नेपालमा अराजकता ल्याउन कुनै पनि हद सम्म जाने बताउदै राज्यले कुटनिटिक पहलबाट सम्बन्ध स्थापित गरिनुपर्ने बताए ।

देउवा सरकार धरापमा छ। सत्तामा टिक्नको लागि भारतको ‘आर्शीवाद’ चाहिन्छ,त्यसैले जयसिहँ धामीको बारेमा सरकार मैन रहेको प्राध्यापक चापागाईको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व पराराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले सरकार परिवर्तन पिछे राष्ट्रिय हितका बिषयमा फरक फरक धारणा हुनु दुखत रहेको बताउँदै राष्ट्रियता बिषयमा बर्तमान सरकार निरीह रहेको बताए । बर्तमान सरकारले नेपालको कालापानी लिपुलेकलाई समसयाको रुपमा लिएको बताए ।

नेपाल इतिहासको बिभिन्न कालखण्डमा स्वतन्त्र रहदै आएको स्मारण गर्दे भारतसंग हाल सम्म सीमा सन्धी नभएको बताउँछन । सुगौली सन्धी भारतसंग हाम्रो सीमानालाई छुट्याउने मूल सन्धी भनीय पनि त्यो पूर्ण नभएको बताए । यही अष्पष्टताका कारण भारतसंग बेला बखत सीमा बिवाद हुने उनी बताउछन ।

चिनको सन्र्दभमा सीमा सम्झैता , सीमा सन्धी र सीमा प्रोटोगलबारे हस्ताक्षर समेत भएको बताउदै चिनको सीमानामा त्यती समस्या नभएको बताउछन । यो समस्या समाधन गर्दे राष्ट्रिय स्वाधिनता र भैगोलिक अखण्डता बलियो बनाउन बर्तमान सरकारले कालापानी , लिपुलेक , लिम्पीयाधुरा र सुस्तामा सीमा नापी गर्नेपर्ने बताए ।

बिगतमा सीमा नापी गर्दा भारतीय प्रहरीबाट अवरोध गरेको स्मरण गर्दे अव सीमामा हटाइएको सीमा पील्लरहरुको स्थापना गरी नापी प्रक्रृया अघि बढाइनुपर्ने बताए ।

न्हुज खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारको कार्यशैली गलत दिशामा र कार्यसम्पादन निराशाजनक  बताए  । बर्तमान सरकारले
टाउको दुखेकोलाई पेटको उपचार गरिएको उनको कथन छ ।

नेपाल र चीनबीच १४ सय ४० किलोमिटर सीमा रेखा कायम छ ।जसमध्ये ७४ किलोमिटर सीमाको काम १५ वटा नदीले गरेका छन्।दुई देशबीच ९९ वटा सीमा स्तम्भ कायम गरिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नयॉ किरण समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:12 am6:48 pm +0545