Techie IT
शनिबार, जेठ ४,२०८२

आजदेखि कक्षा १२ को परीक्षा , होम सेन्टरबाटै परीक्षा दिन पाइने


कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ ।

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । बोर्डका अनुसार परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् ।

परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । बोर्डले ४ हजार ३१५ विद्यालयमा होम सेन्टर कायम गरिएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कक्षा १२ को परीक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:12 am6:48 pm +0545