Techie IT
शनिबार, जेठ ४,२०८२

पौडेल समूहले आसन्न महाधिवेशनमा साझा उम्मेद्वार उठाउने


नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न महाधिवेशनमा साझा उम्मेद्वार उठाउने संकल्प गरेको छ ।

बिहीबार काठमाडौँमा छुट्टै पत्रकार सम्मेलन गरेको सो समूहले सभापतिमा एक जना साझा उम्मेद्वार उठाउने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’

सञ्चारकर्मीले साझा उम्मेद्वार उठाउने आधार के हो भनि प्रश्न सोधेका थिए । त्यसको जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको जनााए ।

‘देशको वर्तमान व्यवस्था र काँग्रेस सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ उनले भने, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’

आजको सम्मेलनमा महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका गगन थापा समेत उपस्थित थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पौडेल समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:48 pm +0545