Techie IT
सोमबार, जेठ ६,२०८२

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेको कार्यदल गठन


काठमाडौँ, ८ भदौ । नेकपा एमालेले कार्यदल गठन गरेको छ ।

पार्टीले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको हो ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न कार्यदल बनाइएको हो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए ।

कार्यदलले माधव नेपालको पार्टीमा गएकाहरुबारे टुंगो लगाउने छ । त्यस्तै, केन्द्रीय निकाय र विभागहरुलाई पूर्णता दिने पनि यही कार्यदलले नै गर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको कार्यदल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:10 am6:49 pm +0545