चितवनमा रातको समयमा चोरी गर्दै हिंड्ने एक जना पक्राउ
चितवन । चितवनमा रातको समयमा चोरी गर्दै हिंड्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरले रातको समयमा मानिसहरु सुतिरहेको मौका पारी घरभित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १२ धाङवाङ गैरी घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर ०९ स्थित जानकीटोल बस्ने बर्ष २८ को केशब प्रजालाई पक्राउ गरेर आज (सोमबार) सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिका र कालिका नगरपालिका अन्तर्गत बिभिन्न ७ (सात) स्थानमा भएको चोरीका घट्नाका सम्बन्धमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गर्ने क्रममा प्रजालाई हिजो (आइतबार) दिउँसो निजको अस्थायी डेरा/ कोठाबाट नगद आठ लाख उनान्सय हजार नौ सय एकसठ्ठी रुपैयाँ तथा चोरी गर्न प्रयोग गरेका विभिन्न औजार सामाग्री सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडी चितवनका प्रहरी प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए । प्रजालाइ प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्रजा विरुद्ध चोरी सम्बन्धी कसूर मुद्धामा आज (सोमबार) सम्मानित चितवन जिल्ला अदालतवाट दस दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरी स्रोतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्