पाँच महिनामा करिब २ लाख नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो (साउन) महिनापछि नेपालमा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।
दोस्रो लहरको संक्रमण दरमा केही कमी आए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या लगातार उकालो लाग्दै गरेको अवस्थामा मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो । त्यस्तै साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने अनुमान पनि मन्त्रालयले गरेको छ । त्यसपछि क्रमशः संक्रमण घट्ने मन्त्रालयको दाबी छ ।
मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुमगन महाशाका प्रमुखले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उक्त संख्या मंसिरसम्म आधा भन्दा बढी घट्ने तथ्यांक पेश गरेका हुन् । बैठकमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने बताएका छन् ।
उनले पेश गरेको प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५९७ र कात्तिकमा १ हजार संक्रमितको संख्या पुग्ने छ । मंसिरसम्म यो तथ्यांक अझै घटेर २५ हजार १८३ पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैबीच पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सल्लाह छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्