एमाले विभाजन रोक्न अन्तिम प्रयासमा कार्यदल

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले नेताहरुलाई दबाब दिइरहेको सांसद यज्ञराज सुनुवारले बताए । सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भनेर आफूहरुले सोध्न खोजेको बताए ।
उनले भने, ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझायो । पार्टीले सहमति अनुमोदन पनि गरेको छ । अब त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान को बाधक बन्यो त ? यसबारेमा हामीले कार्यदलमा रहेका नेताहरुलाई सोध्न खोजेका हौं ।’ यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल,सूर्य पाठक,पदम गिरी,शान्ति पाख्रिन,यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।
विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् । कार्यदलमा पछिल्लो समय माधव नेपाल पक्षका भीम रावल पनि सक्रिय भएका थिए । दोस्रो तहका नेताहरुले अब पार्टी एकताबद्ध हुने कि नहुने भन्ने प्रष्ट पार्नुपर्ने सांसदहरुको मत छ । सांसदहरुले चलाएको एमालेको आन्तरिक एकता सुदृढीकरण अभियानको नेतृत्व गरिरहेका सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले कार्यदलका दुवै तर्फका संयोजकहरु र अन्य नेताहरुसँग कुरा बुझ्ने र आफ्ना कुरा राख्ने गरी सांसदहरुलाई खबर गरिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विभाजन रोक्ने अन्तिम प्रयासमा कार्यदल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्