Techie IT
शुक्रबार, जेठ ३,२०८२

कोरोना संक्रमण बढेसँगै उपत्यकामा पुनः निषेधाज्ञा कडाइ गरिने


काठमाडौं । कोरोना संक्रमण बढेसँगै उपत्यकामा पुनः निषेधाज्ञा कडाइ गरिने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

संक्रमण घटेसँगै केही खुकुलो बनाइएको निषेधाज्ञा सोमबारबाट केही क्षेत्रमा कडाइ गर्दै थपिने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । आज बस्ने उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गर्नेछ । त्यसरी कडाइ गरिने क्षेत्रमा यातायात, होटल रेष्टुरेन्ट आदी लगायत पर्नेछन् । सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सकिने प्रजिअ पराजुलीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपत्यका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain with Thunder
5:12 am6:47 pm +0545