नेपालटारमा आगलागी, ४४ लाखको क्षति

इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा रु ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो । आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ ।
देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपालटारमा आगलागी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्