४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे प्रशासनतर्फ तथा डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन् । रेग्मी ज्येष्ठताको आधारमा बढुवा भएका हुन् । ज्येष्ठताको आधारमा बढुवा हुने लाइनमा उनी एकमात्र अधिकारी थिए । प्रशासनसेवातर्फ सिफारिस भएका तीन जना वरिष्ठ सहसचिवमध्ये पाण्डेलाई सचिवमा बढुवा गरिएको छ ।
पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।
सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरेको थियो । सिफारिस सूचीको एक नम्बरमा रहेका आचार्यलाई नै मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ सेवातर्फ सहसचिव बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देललाई सिफारिस गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ । अब बढुवाको सिफारिस हुने लाइनमा सहसचिवहरु मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सहसचिवलाई सचिवमा बढुवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्