संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त हुनुभएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगका आयुक्तमा सगुनशम्सशर जबरा नियुक्त हुनुभएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला, महिला आयोगका सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना नियुक्त हुनुभएको छ ।
सोही आयोगका सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त हुनुभएको छ । आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यमा शान्ति मोदी र उमाशंकरप्रसाद चौधरी र मुस्लिम आयोगका सदस्यमा मोहम्मदसमशुक हक नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक परिषद्का सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले विभिन्न संवैधानिक आयोगका अध्यक्ष एवम् पदाधिकारी नियुक्त गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्