Techie IT
आईतबार, जेठ ५,२०८२

आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने


काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्।

कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उहाँको भनाइ छ ।

एयरलाइन्सहरु आफैले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ ।

साविककै उडान तालिकाको पचास प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरुसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन ।

सिमित अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आन्तरिक हवाइ उडान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:49 pm +0545