मेलम्ची नगरपालिकाका प्रमुखको गाडी तोडफोड
पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको आरोप

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर प्रसाद अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ । मेलम्ची बाढीपीडितहरुले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरुले मेयर सवार गाडी तोडफोड गरेका हुन् ।
नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्र्कापिर्यो पीडितले तोडफोड गरेका हुन् । मेलम्ची बाढीपीडित युवा धर्म दुलाललाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उनि सवार गाडी फुटाएको बताइएको छ ।
मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो । सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि गाडीलाई तोडफोड गरेको पीडितहरुले जनाएका छन् । यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ ।साभार : गोरखापत्र अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेलम्ची नगरपालिकाका प्रमुखको गाडी तोडफोड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्