ईन्द्रावतीले यसरी ध्वस्त बनायो मेलम्ची (तस्बिर)

मेलम्ची, २ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोला (ईन्द्रावती नदी)मा आएको बाढीले ६ जनालाई बगाएको प्रहरीले आशंका गरेको छ ।
हेलम्बु गाउँपालिकाको खोला छेउ घर भएकाहरूलाई बगाएको हुन सक्ने अनुमान छ । खोलाले बगाएकाहरूको विवरण आएको छैन ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले ६ जना स्थानीयलाई खोलाले बगाएको आशंका गरिएको बताएका छन् ।
शेर्पाले भने, ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । पूर्ण विवरण आएको छैन ।’
बाढीले ३ वटा पुल बगाएको छ । धेरै स्थानमा बाटो कटान गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।
हेलम्बु गाउँपालिकाको तल्लो तिम्बु बजार बगाएको छ । किउलमा रहेको रेन्बो ट्राउट फर्मलाई पनि नदीले बगाएको छ ।
नदी छेउमा रहेको केही घरलाई पनि बगाएको शेर्पाले बताएका छन् ।
मेलम्ची–ईन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयमा प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईन्द्रावती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्