पूरै गाउँ उल्टिएपछि माफी मागेर ज्ञानबहादुर शाहीको समूह फरार, गल्ती स्वीकार

वीरेन्द्रनगर, ३१ जेठ । आफूलाई कथित सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले गल्ती स्वीकार गरेर सुर्खेतबाट सुइकुच्चा ठोकेका छन् ।
शाही र उनका समर्थकहरू सामाजिक सञ्जालमा फण्डा गर्न माहिर मानिन्छन् । राहत र स्वास्थ्य सामग्री वितरण गर्न भनेर सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका– १३ करेखोलामा शुक्रबार राति स्थानीयसँग शाहीले विवाद गर्दा दोहोरो झडप भएको थियो । झडपमा शाहीका अराजक समर्थकहरूले स्थानीयको कुटाइ खाएका थिए ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा शाही र करेखोलाका स्थानीयबीच दुबै पक्षले माफी मागेर विवाद मिलाउने सहमति भएको थियो । शाहीसहित उनको समूहले आफूहरूबाट गल्ती भएको भनेर स्थानीय र पक्राउ परेका युवाहरूसँग माफी मागेको सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ५ जना स्थानीय युवाहरूले पनि आफूबाट गल्ती भएको भनेर माफी मागेको भट्टले बताए ।
माफी मागेर शाहीको समूह सुर्खेतबाट टाप कसेको छ । शाहीका हर्कत नरुचाउने स्थानीयले विभिन्न स्थानमा कुटपिट गरेर लखेट्ने घटनाहरू सार्वजनिक भइरहेका बेला शाहीको समूहलाई सुर्खेतमा पनि कुटपिट भएको छ ।
रक्सी सेवन गरेर मात्तिएका शाहीसहितको समूहले करेखोलामा अपशब्द बोलेर स्थानीय युवाहरूलाई कुटपिट गरेपछि स्थानीयहरू जम्मा भएर रामधुलाइ गरेका थिए । शाही र उनका समर्थकहरूले करेखोलामा शुरुमा झगडा गरेका थिए ।
प्रहरीले झडपमा संलग्न रहेको अभियोगमा स्थानीय ५ जना युवाहरूलाई पक्राउ गरेको थियो । स्थानीय युवाहरूलाई ज्यानमार्ने उद्योगमा मुद्धा चलाउन शाहीले प्रहरीलाई दवाव दिएका थिए ।
शाहीको समूहलाई कुटपिट गर्ने युवाहरू मजदुरी गरेर खान्छन् । शाहीको समूहलाई पूर्वयोजनामा कुटपिट नगरेको करेखोलाका युवाहरूले प्रहरीमा बयान दिएका छन् ।
पक्राउ परेका युवाहरूले शाहीको समूहमा मोटरसाइकल चढेर आएका समर्थकहरूले शुरुमा अपशब्द बोलेर कुटपिट गरेपछि आफूहरूले प्रतिवाद गरेको बताएका छन् ।
शाहीको हर्कतबाट दिक्क भएका करेखोलाका सर्वसाधारण आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आएर ज्ञानबहादुर शाहीविरुद्ध नारावाजी गर्नुका साथै कारबाहीको माग गरेका थिए । स्थानीयले ‘ज्ञानेन्द्र शाही मुर्दावाद’, ‘रक्सी खाएर अपशब्द बोलेर स्थानीय युवाहरू कुट्नेलाई कारबाही गर’ जस्ता नारावाजी गरेको भिडियोमा देखिएको छ ।
स्थानीयले कारबाहीको माग गरेर करेखोलाका सयौँ सर्वसाधारण उर्लिएर आएपछि डराएका शाहीले माफी मागेर हिँडेका थिए ।
भिडियोमा स्थानीयहरूले शाहीसहितको समूहले रक्सी खाएर स्थानीय युवाहरूलाई कुटपिट गरेको आरोप लगाएका छन् । तर, शाहीले आफूले रक्सी नखाएको दाबी गरेका छन् ।
शाहीको सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा मादक पदार्थ सेवन (मापसे) चिकित्सकले चेकअप गरेका छन् । त्यो भिडियोमा चिकित्सकले शाहीको चेकअप गर्दा रक्सी खाएको देखिएको छ । शाहीले प्रहरीले ब्रेथलाइजरमा सेनिटाइजर लगाएकोले मापसे गरेको देखिएको बताएका छन् ।
आफू समर्थक केही युवट्यबर बोकेर हिँड्ने गरेका शाही सामाजिक सञ्जालमा फण्डा गर्न माहिर मानिन्छन् । ‘शाही ग्याङ’को फण्डा बुझेकाहरूले साथ दिन छाडेका छन् ।
करेखोलामा आफै काण्ड मच्चाएका शाही भिडियोमा रोएका छन् । करेखोला काण्ड गरेको ‘शाही ग्याङ’ले सुर्खेतमा कहाँ राहत वितरण गरेको हो खोजतलास भएको छ । शाहीको खर्च, राहत कहाँबाट ल्याउँछन्, उनी चढ्ने लक्जरी गाडीलगायतका विषयमा पनि प्रश्न उठेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्ञानबहादुर शाही
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्