Techie IT
बिहीबार, जेठ २,२०८२

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी


काठमाडाैँ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।

बुर्लाकाेटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुनुहुन्छ । अनलाइन मार्फत भएको निर्वाचनमा उहाँले १६४४ मत प्राप्त गर्नुभएको छ । कुल २९८२ मत मध्ये बुर्लाकोटीले १६४४ प्राप्त गर्नुभएको हो ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।

 

बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उहाँ सफल भएको  लायन्स क्लवअफ काठमाडौं आधारकी अध्यक्ष धनमाया सिंजालीले बताउनु भयो । ।

विश्वका २ सय भन्दा बढी देशमा सक्रिय लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नाे गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल हुनुभएको थियो ।

अध्यक्ष  सिंजालीका अनुसार नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराउनुभएको थियो । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उहाँले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालकृष्ण बुर्लाकोटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545