Techie IT
आईतबार, जेठ ५,२०८२

धेरै अवसर लिने महतो–भण्डारीको विगतको विवादास्पद छवि


उप–प्रधानमन्त्री बनेका राजेन्द्र महतोको फेरि चर्चा शुरु भएको छ ।

जसपाका नेता महतो ५औँ पटक मन्त्री बनेका छन् । उनलाई प्रधानमन्त्री ओलीले उप–प्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । महतो र भण्डारीलाई तराईको राजनीतिमा ‘मुसा प्रवृत्ति’का नेता भनेर आक्षेप लाग्दै आएको छ ।

आपूर्ति मन्त्री, स्वास्थ्य मन्त्री भएका बेला भ्रष्टाचार गरेको भनेर महतोको आलोचना भएको थियो । महतो विवादित नेताका रुपमा परिचित छन् । महतोले नै नाकाबन्दीका बेला भारततिर बसेर नेपालमा ढुंगामुडा गरेर उत्पात मच्चाएका थिए ।

जसपाबाट खानेपानी मन्त्री बनेका शरतसिंह भण्डारी १५औं पटक मन्त्री बनेका छन् । बिगतमा नेपालबाट तराई टुक्र्याउने अभिव्यक्ति दिएका कारण रक्षामन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

महतो र भण्डारी धेरै अवसर लिने नेताहरूमा पर्छन् । उनीहरू मन्त्री बन्नका लागि जेपनि सम्झौता गरेर अगाडि बढ्ने नेताको छवि बनाएको चर्चा छ । महतो र भण्डारी लामो समयपछि मन्त्री बनेका छन् ।

भण्डारीको तराई टुक्र्याने अभिव्यक्तिका कारण तत्कालीन प्रधानमन्त्री बबुराम भट्टराईले २०६८ कात्तिक २ गते पदमुक्त गरेका थिए ।

संविधान सभाको दोस्रो निर्वाचनमा महतो र भण्डारी पराजित भएका थिए । महतो आफ्नो गृहजिल्ला सर्लाहीबाट पराजित हुने डरले धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए ।

एमालेको सहयोगमा महतोले नेपाली कांग्रेस उप–सभापति बिमलेन्द्र निधिलाई पराजित गरेका थिए । भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

महतो गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि महतोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बाबुराम भट्टराईको पालामा महतो स्वास्थ्यमन्त्री बनेका थिए ।

भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनिसकेका छन् । भण्डारी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए । भण्डारी २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र महतो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mostly Cloudy
5:11 am6:49 pm +0545