लागूऔषध तथा मोटरसाईकल चोरीमा प्रयोग गर्ने एलएङकी सहित चार जना पक्राउ
चितवन । चितवन प्रहरीले लागूऔषध तथा मोटरसाईकल चोरहरुले प्रयोग गर्ने एलएङकी सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौडा उपमहानगरपालिका ११ बस्ने २३ बर्षिया बिजय प्रसाद चौलागाई, सोही ठाउँ बस्ने २४ बर्षिया सन्तोष बिंडारी, वर्डा नम्बर ३ बस्ने ३६ बर्षिया अर्जुन मोक्तान र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने ३६ बर्षकै सुर्यमान वाईवा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार प्रहरीको नियमित गस्तीको टोलीले उनीहरुलाइ खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीबाट पक्राउ गरेको हो ।
(एसपी) अधिकारीले भने, हिजो आइतबार साँझ साँढे सात बजे गस्तीमा खटिएको प्रहरीको टोलीले उनीहरु सवार ना १४ प ३३२३ र ग १ प २७८५ नंम्बरको मोटरसाईकल लाइ रोकि चेकजाँच गर्ने क्रममा लागूऔषध नाइट्रेजापाम १७५ ट्याब्लेट सहित मोटरसाईकल चोरहरुले प्रयोग गर्ने एलएङकी २ थान सहित मोटरसाइकल बरामद गरिएको बताए । पक्राउ परेकाहरुलाइ हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्