Techie IT
बिहीबार, जेठ २,२०८२

नेपालमा पनि भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’


वीरगञ्ज । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो ।

फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ । ’

 

पछिल्लो समय कोरोना महामारीले तहसनहस बनाएको भारतमा ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङ्क्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा भेटिएका थिए । महाराष्ट्रमा मात्र दुई हजारभन्दा धेरैमा यो समस्या देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘कालो ढुसी’, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545