कोरियाबाट संखुवासभा अईसोलेशनका लागि ४ थान स्टोपलाईजर सहयोग

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभाका आईसोलेशनका लागि ४ वटा स्टोपलाईजर सहयोग गरेको छ ।
जिल्ला अस्पताल खांदबारीद्वारा संचालन गरिएको आइसोलेशनहरुमा अक्सिजन कन्सनटेटर मेसिन कम भोल्टेजका कारण चलाउन समस्या भैरहेको बेला बैदेशिक रोजगारीमा दक्षिण कोरिया गएका संखुवासभालीहरुले नब्बे हजार मूल्य बाराबरको स्टोपलाईजर मेसिन सहयोग गरेका हुन् ।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका अध्यक्ष बमबहादुर घलेले कोरोना संक्रमितहरुलाई अक्सिजनको कमी नहोस् भनेर अक्सिजन कन्सनटेटर मेसिन संचलनमा सहज होस् भनेर अस्पतालकै सल्लाहमा यो सहयोग गरिएको बताउनुभयो । गृह जिल्लामा यो माहामारिबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आईसोलेशनको आवश्यकता अनुशार बुझेर नै सहयोग गरिएको सम्पर्क परिवारका सचिव प्रकाश घिमिरेले बताउनुभयो । ४ वटा ५ केभिएको स्टोपलाईजर मध्ये ३ वटा खांदबारी अस्पताललाई दिईसकिएको र १ वटा स्टोपलाईजर मेसिन चैनपुर आईसोलेशनमा हस्तान्तरण गरिने प्रकृयामा रहेको छ ।
यो माहामारिमा अक्सिजनको जताततै हाहाकार भएको बेलामा अक्सिजन सिलिन्डर भरेर ल्याउन लान समस्या भोगिरहेका अवस्थामा यो मेसिन प्राप्त भएपछी अक्सिजन कन्सनटेटर संचालन गर्नमा सहज भएको जिल्ला अस्पताल खाँदबारीका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो – “बिपत्तिको बेलामा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले यो सहयोग गर्नुभएकोमा हामी अस्पतालको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौ।”
यो सहयोगका लागि नेपाली कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले संखुवासभा सम्पर्क परिवार दक्षिण कोरिया र जिल्ला अस्पतालका बीच संयोजन गर्नु भएको थियो।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #corona update, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्